Main

सेनाको सफा हिमाल अभियान टोली पुग्यो सगरमाथा आधार शिविर

९ वैशाख, काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियान–२०२४ टोली सगरमाथा आधार शिविर पुगेको छ ।

सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाईका लागि २ वैशाखमा काठमाडौंबाट स्याङ्ग्बोचे प्रस्थान गरेको टोली आइतबार सगमरमाथा आधार शिविर पुगेको हो ।

हिमाल सफाई कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नाम्चेमा सगरमाथा राष्ट्रिय निकुन्ज, सगरमाथा प्रदुषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकायलगायतसँग छलफल समेत गरेको थियो ।

सेनाको यो टोलीले नाम्चेदेखि गसरमाथा आधार शिविरसम्म जाने पदमार्गको फोहोर समेत संकलन गरेको जनसम्पर्क तगा सूचना निर्देशनालयले जनाएको छ । आधार शिविर पुगेपछि टोली हिमाल सफाईको कार्यमा लाग्ने बताइएको छ ।

यस अभियान अन्तर्गत करिब १० टन फोहोर र ५ वटा मानव कंकाल संकलन गर्ने लक्ष्य लिइएको सैनिक मुख्यालयले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button