Main

स्वस्तिमा खड्का बनिन् ‘फेस अफ दि कर्णाली याक्स’

२१ कात्तिक, काठमाडौं । नायिक स्वस्तिमा खड्का ‘फेस अफ दि कर्णाली याक्स’ बनेकी छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टिम कर्णाली याक्सले बुधबार एक कार्यक्रम गर्दै स्वस्तिमालाई ‘फेस अफ दि कर्णाली याक्स’ को को रुपमा सार्वजनिक गरेको हो । फेस अफ दि कर्णाली याक्स बनेपछि स्वस्तिमाले आफ्नो लागि यो सम्मान भएको बताए ।

हिमालयन बिल्डर्सको स्वामित्वमा रहेका कर्णाली याक्सका अध्यक्ष झनक दत्त खनाल, टिम निर्देशक गृहेन्द्र घिमिरे लगायतले स्वस्तिमालाई कर्णाली टिममा स्वागत गरे ।

पहिले र अहिले खेललाई हेर्ने आफ्नो नजर परिवर्तन भएको र खेलप्रति रुचि भएको बताए । ‘गृहेन्द्र सरले फेस अफ कर्णाली याक्स बन्नुपर्छ भन्नुभयो । खेलकुदबाट केही गर्न सकिन्छ भन्ने लागेर मैले त्यो प्रस्ताव स्वीकार गरेँ । ‘ उनले भनिन्, ‘कर्णाली कल्चर देखि अन्य धेरै कुरामा धनी रहेको र अब कर्णालीको अर्को परिचय पनि थपिनेछ ।’

फेस अफ दि कर्णाली याक्स बनेपछि आफूले खेलकुद र एनपीएलको बारेमा पनि अरुलाई जानकारी दिन सकिने उनले बताईन् । उनले टिमलाई एनपीएलका लागि शुभकामना पनि दिईन् ।

कर्णाली याक्सका कप्तान तथा टिम डिरेक्टर ज्ञानेन्द्र मल्लले भारतमा खेलकुदमा ग्लामर रहेको र नेपाली खेलकुदमा पनि त्यो चाहिने भन्दै स्वस्तिमाको आगमन हुनु राम्रो रहेको बताए । मल्लले क्रिकेट मात्र नभई सबै कुराको समिश्रणबाट कर्णालीलाई चिनाउने बताए ।

यसैगरी कर्णाली याक्सले बुधबारै आधिकारिक एन्थम सङ ‘ए आयो कर्णाली’ पनि सार्वजनिक गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा कर्णाली याक्ससहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  राष्ट्रिय टिमका पेस बलर सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्समा गुल्सन झा, देव खनाल जस्ता राष्ट्रिय टिमका खेलाडी छन् । यस्तै विदेशी खेलाडीमा पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायत र वेष्ट इन्डिजका चाडविक वाल्टन छन् ।

तस्बीर : विकास श्रेष्ठ

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button