Main
हालान्डको गोलमा सिटी विजयी, आर्सनललाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो

९ फागुन, काठमाडौं । एर्लिङ हालान्डले गरेको एक मात्र गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १-० ले पराजित गरेको छ ।
यस जितपछि सिटी आर्सनललाई पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।
घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई तीन अंक दिलाउन हालान्डले ७१औं मिनेटमा निर्णायक गोल गरे ।
यसजितपछि सिटी २५ खेलबाट ५६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको लिभरपुलभन्दा एक अंकले पछि रहेको सिटीले तेस्रो स्थानको आर्सनलमाथि १ अंकको अग्रता बनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।