Main

हालै आईपीओ जारी गरेको हिमालयन रिले घोषणा गर्‍यो बोनस सेयर

२६ माघ, काठमाडौं । हालै आईपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको ५५ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको बोनस सेयर घोषणा गरेको हो ।

साथै कम्पनीले कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८९ रुपैयाँ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button