११ वर्षपछि नेपालले अफगानिस्तानसँग खेल्दै
१ मंसिर, काठमाडौं । ताजिकिस्तानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो मैत्रीपूर्ण खेलमा अफगानिस्तानसँग खेल्दै छ । फिफा विन्डो अन्तर्गत नेपालले दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
खेल डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजे दुसानवेमा हुने छ । पहिलो खेलमा ताजिकिस्तान सँग ४-० ले पराजित भएको थियो ।
नेपालले ११ वर्षपछि अफगानिस्तानसँग खेल्न लागेको हो । यसअघि पछिल्लोपटक नेपालले २०१३ को साफ च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामै अफगानिस्तानसँग खेलेको थियो । तर सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग १-० ले पराजित भएको थियो । यस्तै २०११ को साफ च्याम्पियनसिप सेमिफाइनलमा पनि नेपाल अफगानिस्तानसँग १-० ले नै पराजित भएको थियो ।
त्यसअघि भएका चार खेलमा भने नेपाल अपराजित थियो । जसमा नेपालले ३ खेल जित्दा १ बराबरी खेलेको थियो ।
अफगानिस्तान फिफा वरियतामा नेपालभन्दा २५ स्थान माथि छ । नेपाल १७६औं र अफगानिस्तान १५१औं स्थानमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।