६१३ दिनसम्म पनि कोरोना निको नभएपछि वृद्धको मृत्यु, ५० पटक भाइरसको म्युटेसन

काठमाडौं । नेदरल्याण्ड्सका शोधकर्ताहरुले हालै विश्वमै सबैभन्दा लामो समयसम्म रहेको कोभिड भाइरस अर्थात् सार्स कोभ टू संक्रमण पत्ता लगाएका छन् । उक्त संक्रमण ६ सय १३ दिनसम्म रहेको थियो । त्यतिलामो संक्रमण पछि ती व्यक्तिको मृत्यु भएको थियो ।
नाम नखुलाइएका ती ७२ वर्षीय वृद्धमा पहिलोपटक सन् २०२२ मा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टले संक्रमित गरेको थियो । पटक पटक कोभिड सुईं लगाउँदा पनि ती वृद्धमा रोगप्रतिरोधी क्षमताको चरम अभाव थियो ।
त्यसपछि उनको लगातार कोरोना भाइरस जाँच गर्दा ६ सय १३ दिनसम्म उनको सरीरमा भाइरस सक्रिय देखियो । अन्ततः गत अक्टोबरमा उनको मृत्यु भयो ।
यसअघि पनि कुनै व्यक्तिमा लामो समयसम्म कोभिड १९ भाइरस सक्रिय रहेको पाइएको भएपनि ती चिनियाँमा भएको संक्रमण हालसम्मकै लामो भएको बताइएको छ ।
२० महिनासम्मको भाइरस संक्रमणको अवधिमा ती वृद्धलाई बँचाउनका लागि डाक्टरहरुले हरसम्भव प्रयास गरेका थिए, तर सफल भएनन् । उनको सरीरको रोगप्रतिरोधी क्षमताले कोरोना भाइरसलाई परास्त गर्न सकेन । उनको उपचारमा एन्टिबडी चिकित्सा प्रयोग गरेपनि कामयावी भएन ।
अन्ततः संक्रमित अवधीमै अन्य स्वास्थ्य समस्याका कारण अक्टोबरमा उनको मृत्यु भयो ।
कोरोना संक्रमण भएका मानिसको शरीरमा सामान्यतया केही दिनदेखि केही हप्तासम्ममा भाइरस समाप्त हुन्छ । तर ती वृद्धको सरीरमा भने झण्डै २ वर्षसम्म कोरोना भाइरस सक्रिय रह्यो । उनको सरीरको कोभिड भाइरसले कोभिड १९ एन्टिबडी उपचार अर्थात् sotrovimab प्रतिरोधी क्षमताको विकास गरेको थियो ।
डाक्टरहरुले ती वृद्धलाई संक्रमित गराएको कोरोना भाइरस ओमीक्रोन भेरिएन्टको नमूना वृद्धको सरीरबाट निरन्तर संकलन गरेर परीक्षण गरेका थिए । त्यसक्रममा उक्त भेरिएन्टको ५० पटक उत्परिवर्तन भएको पाइएको थियो, जसका कारण भाइरसले मानिसको रोगप्रतिरोधी प्रणाली छिचोल्न सक्दछ ।
-एजेन्सी
– यस समाचारको श्रोत : Online Khabar हो ।