कस्ताे छ मंगलबारकाे विदेशी मुद्रा विनिमयदर ?
काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०२ पैसा कायम गरिएको छ। सोमबार पनि एक ओमरिकी डललको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसामा तोकिएको थियो।
मंगलबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ९२ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५५ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०३ पैसाले घटेको हो। यसअघि सोमबार एक युरो खरिदमूल्य १४४ रूपैयाँ ९५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५८ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७४ रूपैयाँ ९८ पैसा र बिक्रीदर १७५ रूपैयाँ ७४ पैसा कायम गरिएको छ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १३ र बिक्रीदर ८८ रूपैयाँ ५१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७८ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २९ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा तथा बिक्री दर १९ रूपैयाँ १७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ७० पैसा तथा बिक्री दर ९ रुपैयाँ ७४ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९८ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९१ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३१ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५२ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ६७ पैसा र बिक्रीदर ४५० रूपैयाँ ६२ पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।