Main

के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’ स्टार लिसाले घोषणा गरिन् म्युजिक लेबल ‘लाउड’

काठमाडौं । संगीत करिअरमा महत्वपूर्ण कदम अघि बढाउँदै के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’ स्टार लिसाले आफ्नो नयाँ लेबल ‘लाउड’को घोषणा गरेकी छन् । संगीत र मनोरञ्जनका सीमालाई पुनः परिभाषित गर्ने सोचका साथ आफूले बढाएको यो रोचक यात्रामा साथ दिन फ्यानलाई उनको आग्रह छ ।

सामाजिक सञ्जालमा आफ्नो नयाँ उद्यमको खुलासा गर्दै उनी लेख्छिन् लाउड । संगीत र मनोरञ्जनमा मेरो दृष्टिकोण देखाउने प्लटफर्म हो यो । नयाँ सिमानालाई सँगै जोड्ने यो रोमाञ्चक यात्रामा मसँग सामेल हुनुहोस् ।’

फेब्रुअरी ७ मा इन्स्टाग्राममा लिसाले गरेको एक रणनीतिक पोस्टमा यो कुराको खुलासा भएको हो । यो सन्देशमा ‘छिट्टै आउँदैछ भने केही मोनोक्रोमोटिक पोस्टर पनि थिए । यो पोस्टपछि फ्यानले उनी हलिउडमा अभिनय डेब्यु गर्न लागेको हुनसक्ने अड्कलबाजी गर्दै आइरहेका थिए ।

यद्यपि लिसाले संगीत र मनोरञ्जन उद्योगमा नयाँ क्षितिज खोज्ने आफ्नो प्रतिबद्धतालाई जोड दिंदै ‘लाउड’ लेबलको खुलासा गरेर सबैलाई चकित तुल्याइन् । ब्ल्याकपिंककी सबैभन्दा कान्छी सदस्यले यस्तो घोषणा गर्दा फ्यान उत्साहित हुनु स्वभाविक हो ।

लिसासहित ब्ल्याकपिंकका सदस्यहरु जेनी, जिसु र रोजीलाई सन् २०२३ को नोभेम्बरमा बेलायती राजा चार्ल्सले उनको मुलुकको सर्वोच्च नागरिक सम्मान एमबीई प्रदान गरेका थिए । उक्त अवसरमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पनि उपस्थित थिए । डिसेम्बर ५ मा वाइजी इन्टरटेनमेन्टले ब्ल्याकपिंकसँगको सम्झौता नवीकरण गरेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button