Main
खाद्य सुरक्षा तथा गुणस्तर विधेयकको छलफलमा पत्रकारलाई निषेध

४ फागुन, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले शुक्रबार ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ पारित गर्ने तयारी गरेको छ ।
यो विधेयकमा सहमति जुटाउन कृषि समितिले उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने गरी शुक्रवार बोलाइएको बैठकमा पत्रकारलाई भने निषेध गरिएको छ ।
बैठकमा कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसाल, कृषि मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सहसचिव लगायतको सहभागिता छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।