कीर्तिपुरमा आमा दौड, ७०० जना सहभागी

१७ चैत, काठमाडौं । कीर्तिपुर नगरपालिका र एनआरएस स्पोर्टस फाउन्डेसनको सहकार्यमा शनिबार कीर्तिपुरमा आमा दौड आयोजना भएको छ ।
३ किमी दौडमा झन्डै ७ सय जना महिलाहरुको सहभागिता रहेको थियो । कीर्तिपुर नयाँबजारबाट सुरु भएको दौड ल्याकु दरबारमा गएर सकिएको थियो ।
समाजमा आमाको भूमिका ठूलो हुने र घरपरिवारको दैनिकीमा आईपर्ने कुनै पनि अवस्थालाई सामना गर्न सक्ने र घरका सम्पूर्ण परिवारमा सूचना सम्वाहक गर्ने केन्द्र विन्दुको रुपमा आमा रहने भएकोले आमाहरु खेलकुदप्रतिको जागरुक हुनुपर्ने सन्देश दिनका लागि आमा दौडको आयोजना गरिएको आयोजकले बताएको छ ।
आयोजकले आमा दौडलाई चाडपर्वकै रुपमा मनाउने र यसबाट समाजमा धेरै प्रकारका सन्देश र जानकारी दिने लक्ष्यसमेत राखेको छ ।
कार्यक्रममा उपमेयर शुभलक्ष्मी शाक्यले तेक्वान्दो खेलाडी आयषा शाक्य, राधा श्रेष्ठ, नमिता बज्राचार्य तथा पौडी खेलाडी नयना शाक्यकी आमा सोनाम डोल्मा शाक्य सम्मान गरिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।