Main
एसियाली क्यानोइ स्लालममा मन्जिल

काठमाडौं । थाइल्यान्डमा हुने १३ औं एसियाली क्यानोइ स्लालम च्याम्पियनसिपमा नेपालबाट मन्जिल गुरुङ सहभागी हुने भएका छन् । च्याम्पियनसिप मार्च ५ देखि १० तारिखसम्म हुनेछ ।
मन्जिलले यु–१८ र २३ उमेर समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । प्रशिक्षकमा विष्णु गुरुङ रहेका छन् ।
प्रतियोगिताअघि मन्जिल आईसीएफ स्लालम ट्रेनिङ क्याम्पमा सहभागी हुने छन् । ट्रेनिङ फेब्रुअरी २४ देखि मार्च १० तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिता र ट्रेनिङ रोयल थाइ नेभी रोविङ एन्ड क्यानोइङ ट्रेनिङ सेन्टर, रायोङमा हुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । सहभागिताका लागि नेपाल ओलम्पिक कमिटीले पनि सहयोग गरेको संघले जनाएको छ । टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्ने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।