‘तेल भिसा’लाई अस्ट्रेलिया र न्युजिल्याण्डका हलमा १०० बढी शो
सिड्नी । पछिल्लो समय अस्ट्रेलिया र न्युजिल्याण्डमा नेपाली फिल्महरु धमाधम बक्स अफिस रिलिज हुन थालेको छ । यहाँ बक्स अफिस रिलिज गरिएको पहिलो फ़िल्म ‘प्रेमगीत ३’ थियो ।
यसैबीच, शुक्रबार नेपालमा रिलिज हुने तयारीमा रहेको विपिन कार्की स्टारर फिल्म ‘तेल भिसा’ अस्ट्रेलिया र न्युजिल्याण्डका हलमा पनि एकैसाथ प्रदर्शनमा आउँदैछ । ‘तेल भिसा’लाई नमस्ते इन्टरटेनमेन्ट र रगडेल ब्वाइजले अस्ट्रेलिया भित्र्याएका हुन् ।
विदेशिएका सन्तानको निमन्त्रणामा त्यहाँ गएका आमाबुबाले विदेश बस्दा भोग्नुपर्ने समस्या र पीडालाई फिल्ममा प्रस्तुत गरिएको छ । जसकारण पनि फिल्मले विदेशमा राम्रो बजार पाउने अपेक्षा गरिएको छ ।
नमस्ते इन्टरटेनमेन्टका देव कार्कीका अनुसार ‘तेल भिसा’ले शुक्रबारका लागि अस्ट्रेलिया र न्युजिल्याण्डका ४० हलमा १०० भन्दा बढी शो पाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।