Main
यस्तो छ भुटान विरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ
२ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत घरेलु टोली नेपालले अहिले भुटान विरुद्ध खेल्दैछ । भुटान विरुद्ध खेल्ने पहिलो रोजाइको नेपाली टोली सार्वजनिक भएको छ ।
कप्तान एन्जिला तुम्बापो सुब्बाले नेपालको गोलपोष्ट सम्हाल्नेछिन् । गीता राना, अमउता जैशी, पूजा राना र हिरा कुमारी भुजेल डिफेन्समा छन् भने रेनुका नगरकोटे, सरु लिम्बु र प्रिती राई मिडफिल्डमा छन् ।
रश्मि कुमारी घिसिङ, अमिसा कार्की र सविता रानामगरले फरवार्ड लाइन सम्हाल्नेछन् । खेल साढे ५ बजे सुरु हुनेछ ।
पछिल्लो पटक २०२२ मा भएको साफमा भुटानसँग समूह चरणमा भेट हुँदा नेपाल ४-० ले विजयी भएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।