Main

भक्तपुर जिल्लाव्यापी फुटसल सुरु

२० असोज, काठमाडौं । भक्तपुर जिल्लाव्यापी फुटसल प्रतियोगिताको सुरु भएको छ ।

भक्तपुर मध्यपुर युनाइटेड र लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको प्रथम जिल्लाव्यापी फुटसलमा १४ टोली सहभागी भएका छन् ।

प्रतियोगिताको उपाधि जित्नेले ३० हजार र उपविजेताले १५ हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगिता पूर्वखेलकुदमन्त्री बलबहादुर केसीको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button