Main
म्याद गुज्रेको लड्डु बेच्ने बालुवाटारको आकाश फुड्सलाई ३ लाख जरिबाना
२६ भदौ, काठमाडौं । काठमाडौंको बालुवाटारस्थित आकाश फुड्सले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएपछि ३ लाख रुपैयाँ जरिबाना तिराइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘र्यापिड रेस्पोन्स मोडालिटी’ मा गरेको आकस्मिक बजार अनुगमनका क्रममा गन्हाएको आलु र म्याद गुज्रेको लड्डु फेला परेपछि कारबाही गरिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।