Main

पीएम कप भलिबलमा आर्मीको लगातार दोस्रो जित

२० जेठ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको खेलमा आर्मीले बूढानीलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा हराएको हो ।

आर्मीले बूढानीलकण्ठलाई २५–१५, २५–२०, २५–२० ले पराजित गर्‍यो ।

आर्मीका मानबहादुर श्रेष्ठ प्लेअर अफ दि म्याच भए ।

लगातार दुई खेल जितेको आर्मीले दुई खेलमा ६ अंक जोडेको छ । बूढानीलकण्ठको भने यो लगातार दोस्रो हार हो ।

यसअघि आर्मीले कोशी प्रदेशलाई ३–० को सेटमा पराजित गरेको थियो भने बूढानीलकण्ठ हेल्प नेपाल स्पोर्टस् क्लबसँग ३–१ सेटमा पराजित भएको थियो ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button