अञ्जनाले गोलपोष्ट सम्हाल्ने, आर्मब्याण्ड रेनुकालाई
५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्स विरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भुटानसँग खेलेको टिममा पाँच परिवर्तन गरेका छन् । नियमित कप्तान तथा गोलकिपर एन्जिला तुमबाप्पो सुब्बालाई आराम दिइएको छ, उनको सट्टा अञ्जना राना मगरले गोलपोष्ट सम्हाल्नेछिन् ।
खेलको कप्तानी भने रेनुका नगरकोटेले गर्नेछिन् । एन्जिलासँगै हीरा भुजेल, पूजा राना, अमिशा कार्की र अमृता जैसी माल्दिभ्सविरुद्ध खेल्ने टिमको पहिलो रोजाइमा छैनन् । अन्जना रानासँगै विमला विक, निशा थोकर, विमला चौधरी रेखा पौडेलले पहिलो रोजाईँमा खेल्दैछन् ।
पहिलो खेलमा घाइते भएकी डिफेण्डर हिरा भुजेलले साफ वुमन्स च्याम्पियनसिपको बाँकी खेल गुमाउने भएकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।