Main
अफगानिस्तानको तालिबान शासनलाई मान्यता दिने रूसको निर्णय
२० असार, काठमाडौ । रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ। बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन्। बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो।…
– यस समाचारको श्रोत : Online Khabar हो ।