Main

अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौंमा

काठमाडौं।अमेरिकी विदेश मन्त्रालयका व्यवस्थापन तथा श्रोत उप–विदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुगेका छन्।

उनी शुक्रबार एकाबिहानै त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा ओर्लिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

नेपाल भ्रमणको क्रममा उप–विदेशमन्त्री वर्माले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाल सरकारका उच्च अधिकारी, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि अमेरिकी उप–विदेशमन्त्री वर्मा नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका महत्वपूर्ण अधिकारी वर्माले दुई देशबीच जारी सहकार्यको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।

अमेरिकास्थित विदेश मन्त्रालयकाअनुसार उप–विदेशमन्त्री वर्मासहितको प्रतिनिधिमण्डललाई नेपालस्थित चिनियाँ कूटनैतिज्ञहरूले चासोका साथ हेरिरहेका छन्।

नेपाली अधिकारीहरूसँगको भेटघाटपछि उनी शनिबार भारत प्रस्थान गर्ने बताइएको छ। उप–विदेशमन्त्री वर्मा त्यहाँ अगस्ट २२ सम्म रहने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button