आइभरीकोस्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि

२९ माघ, काठमाडौं । नाइजेरियालाई २-१ ले पराजित गर्दै आइभरीकोस्टले अफ्रिकन कफ अफ नेसन्सको उपाधि जितेको छ ।
सेबास्टियन हेलरको निर्णायक गोलमा घरेलु भूमिमा आइतबार राति भएको फाइनलमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै आइभरीकोस्टले नाइजेरियालाई हराएर च्याम्पियन बनेको हो ।
हेलरले ८१औं मिनेटमा विजयी गोल गरे ।
त्यसअघि विलियम ट्रोस्ट एकोङले ३८औं मिनेटमा गोल गर्दै नाइजेरियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नाइजेरियाले उक्त अग्रता कायम राखेको थियो । तर, दोस्रो हाफमा आइभरीकोस्टले पुनरागमन गर्दै दुई गोल गरेको हो । उसका लागि फ्रांक केसीले ६२औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि हेलरले विजयी गोल गरे ।
आइभरीकोस्टले तेस्रो पटक अफ्रिकन कफ अफ नेसन्सको उपाधि जितेको हो । यसअघि १९९२ र २०१९ मा च्याम्पियन बनेको थियो ।
यस्तै आयोजकको रुपमा उपाधि जित्ने आइभरीकोस्ट नवौं टिम समेत बनेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।