आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार बिधार्थी सहभागी
काठमाडौं। यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ।
यस बर्षको परिक्षामा पाँच लाख १४ हजार बिधार्थी सहभागी हुने भएका छन भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिदैँछन।
एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ। यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुदैँछ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने सोही गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।