Main

राष्ट्रिय क्रस कन्ट्री साइक्लिङ च्याम्पियनसिपमा सुरज र लक्ष्मी पहिलो

८ असार, काठमाडौं । नेपाल साइक्लिङ संघको आयोजनामा भएको १९औं राष्ट्रिय क्रस कन्ट्री साइक्लिङ च्याम्पियनसिपको उपाधि सुरज राना र लक्ष्मी मगरले शनिवार जितेका छन् ।

ओनम्पिक डे २०२४ को अवसर पारेर गोर्कर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ स्थित जगडोल सहिद पार्कमा भएको प्रतियोगितामा सुरज पुरुषतर्फ र लक्ष्मी महिलातर्फ च्याम्पियन बने ।

सुरजले निर्धारित दूरी १ घण्टा १७ मिनेट ५१.५३ सेकेण्डमा पूरा गरे । यस्तै अच्युत कृष्ण खरेल १ घण्टा २२ मिनेट ०८.५३ सेकेण्ड समयसहित दोस्रो भए भने १ घण्टा २६ मिनेट ३५.२३ सेकेण्डमा दूरी पूरा गरि तेस्रो भए । प्रमित थापाले १ घण्टा ३५ मिनेट २५.८६ सेकेण्ड समय निकाल्दै चौथो स्थानमा रहे ।

यसैगरी महिलातर्फकी विजेता लक्ष्मीले निर्धारित दूरी १ घण्टा १७ मिनेट ४४.३० सेकेण्डमा पूरा गरिन् ।

दोस्रो भएकी मन्जु कुमारी खड्काले १ घण्टा २५ मिनेट २३.५७ सेण्ड समय लगाइन् । यस्तै ज्ञानु कुमारी चौधरीले दूरी १ घण्टा २९ मिनेट ३७.६६ सेकेण्डमा पूरा गरी तेस्रो भइन् ।

यस्तै जुनियरमा निमा शेर्पा पहिलो, सौगात अछामी दोस्रो तथा मन्दिप केसी तेस्रो भए । युथतर्फ दिपसागर तामाङ पहिलो, दिलव खड्का दोस्रो तथा दिपेश राई तेस्रो भए ।

मास्टर्समा हर्क बहादुर लामा पहिलो हुँदा विनोद ढकाल दोस्रो तथा नारायण मानन्धर तेस्रो भए ।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतीले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button