Main

एचआईडीसीएलको १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्रीमा

१८ चैत, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)को १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री हुने भएको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले चैत २५ देखि बैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ नघट्नेगरी आवेदनका साथ रकम जम्मा गरेको निस्सा संलग्न गर्नुपर्नेछ । न्यूनतम १ सय कित्ता र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सकिनेछ ।

ग्लोबल आईएमई क्यापिटलको नक्साल कार्यालय, ग्लोबल आईएमई बैंकका नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट फारम पाइने र सोही केन्द्रमा बुझाउन सकिने छ । यो सेयर बाँडफाँट भई नेपाल स्टक एक्स्चेन्जमा सूचीकरणपश्चात एचआईडीसीएलपी संकेतमा कारोबार हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button