एन्फाले वर्षको उत्कृष्ट खेलाडीलाई कार दिने

१४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फाले) वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई कार प्रदान गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार र बिहीबार बसेको कार्यसमितिको बैठकले वर्षमा महिला तथा पुरुषको उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरुप कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ र मोटरसाइकल/स्कुटर तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड स्वरुप ५ लाख रुपैयाँ र मोटरसाइकल/स्कुटर प्रदान गर्ने निर्णय गरेको छ ।
एन्फले उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोटका लागि एन्फा केन्द्रिय सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा हरि खड्का र सञ्जिव मिश्र सदस्य रहने गरी तीन ससद्यीय समिति गठन गरेको जनाएको छ ।
एन्फाले लामो समयदेखि स्थगित रहँदै आएको खेलाडी, प्रशिक्षक र रेफ्री सम्मान कार्यक्रम फेरि अघि बढाउने निर्णय गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।