Main

कमेडी सिरियल ‘गोलमाल रिटर्न्स ’ सोमबारदेखि हिमालय टिभीमा

काठमाडौं । हास्य कथावस्तुमा आधारित टेलिश्रृंखला ‘गोलमाल’को नयाँ सिजन ‘गोलमाल रिटर्न्स’ दर्शकमाझ आउने भएको छ । भाइब्स क्रिएसनको प्रस्तुति रहेको श्रृंखलाको नयाँ सिजन असार ३ गतेदेखि प्रसारण हुने हिमालय टिभीले जनाएको छ ।

‘गोलमाल रिटर्न्स’मा रवि डंगोल (बेमान), पूर्ण थापा (सुब्बा दाजु), बालदीप राई, सविन शाक्य, सुनिता श्रेष्ठ, मनोज तामाङ, मीना लामा, श्याम राई, कृष्णभक्त महर्जन, सन्ध्या खड्का र नारायण घिमिरेको अभिनय छ ।

यो श्रृंखला प्रत्येक सोमबार साँझ साढे ७ बजेदेखि हिमालय प्रिमियम एचडी र ८:०५ बजेदेखि भाइब्स क्रिएसन युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ । ग्रामीण परिवेशको कथावस्तुमा निर्माण हुन लागेको यो श्रृंखलाको लेखन पूर्ण थापाले गरेका हुन् ।

सागर खड्काको छायांकन रहेको श्रृंखलाको निर्माता विश्वरत्न तुलाधर, उद्धवराज गिरी, रियान्स श्रेष्ठ तथा किशोर न्यौपाने हुन् । यो श्रृंखलालाई नेपाटपले प्रायोजन गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button