कांग्रेसको केन्द्रीय समिति बैठक सकियो, निर्णय भोलि सार्वजनिक गरिने

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ । पुस १२ गते सुरु भएको बैठक शनिबार सकिएको र निर्णय आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस बैठकमा सरकारको कामको समीक्षा, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार चयन र समसामियक राजनीतिक विषयमा नेताहरुले धारणा राखेका थिए ।
शनिबार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू— फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले धारणा राखेका थिए ।
त्यस्तै केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अजुर्ननरसिंह के.सी., बलबहादुर के.सी., जीपछिरिङ लामा, जीवनबहादुर शाही, पुष्पा भुसाल, शंकर भण्डारी, मिनाक्षी झा, गोविन्द भट्टराई, प्रदीप पौडेल, रमेश लेखक, आरजु राणा देउवालगायतले धारणा राखेका थिए ।
शनिबार नै लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुन र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि धारणा राखेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।