Main
कालोपत्रे सडक खनेर अलपत्र छाड्ने ठेकेदारलाई १ लाख जरिबाना

६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको ठेकेदार कम्पनीलाई १ लाख जरिबाना गरेको छ ।
वडा नम्बर १६ र २६ मा विद्युत् प्रसारणलाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाड्ने लार्सन र टौट्रो प्रालिलाई महानगरले कारबाही स्वरूप जरिबाना तिराएको हो ।
‘स्थानीयवासीहरूको जनस्वास्थ्यमा समेत खेलवाड गर्नेगरी कालोपत्रे सडक खनेर राम्ररी नछोपेपछि पीच गर्न भनेका थियौं । तर उहाँहरुले वेवास्ता गरेपछि कारबाही गरिएको हो,’ नगर प्रहरीले भनेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।