Main

करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

१२ असार, काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गितार उपहार दिएका छन् ।

खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको पनि प्रचण्डले बताए । युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button