Main

कैलालीको विकट खैरालामा जापानले बनाइदिएको स्वास्थ्य चौकी भवन हस्तान्तरण

१४ जेठ,धनगढी । भौगोलिक रूपमा अत्यन्तै विकट कैलालीको चुरे गाउँपालिका-२ मा फाया नेपाल नामक गैर सरकारी संस्थाले निर्माण गरेको स्वास्थ्य चाैकी भवन हस्तान्तरण गरिएको छ ।

फाया नेपालले जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्वन परियोजना अन्तरगत खैराला स्वास्थ्य चौकी भवन निर्माण गरेको थियो ।

झण्डै दुई करोड अर्थात् एक करोड ९९ लाख ३५ हजारको लागतमा निर्माण गरिएको भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको काेवाइसी (उप्रेती) ले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ चौकी भवन हस्तान्तरण गरे लगत्तै सोमबार नै विधिवत् रूपले उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष बाोगटीले उद्घाटन गर्दै स्वास्थ चौकी भवन निर्माण सहयोग गरेकोमा दातृ निकायलाई धन्यवाद दिए ।

उनले भवन अभावमा विगतमा सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै अब भने सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।

फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले तीन वर्ष अघि स्थलगत अनुगमनका क्रममा स्वास्थ चौकीले जीर्ण भइसकेको भवनमा महिला तथा बालबालिकाको उपचार गर्नुपर्ने अवस्था रहेको जानकारीमा आएको बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button