Main
गीतकार किशोर विश्वकर्माले ल्याए आरसी रिमालको स्वरमा ‘अँध्यारो उज्यालो’

अँध्यारो छ चारैतिर
कतै उज्यालो भेटिए हुन्थ्यो
माया छ मनभरि
कतै फूलहरु मुस्कुराए हुन्थ्यो
गीतकार किशोर विश्वकर्माले रचना गरेको नयाँ गीत ‘अँध्यारो उज्यालो’का शब्द हुन् यी । आरसी रिमालको स्वर र करणराज कार्कीको संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका छन् ।
गीतले निराश जीवनमा आशाको अपेक्षा गरिएको भाव प्रस्तुत गर्छ । ‘संगीत भकारी’ युट्युब च्यानलमा गीतको लिरिकल भिडियो रिलिज गरिएको छ ।
गीत, गजल र कविता लेखनमा सक्रिय विश्वकर्मा अमेरिकामा बसोबास गर्दै आएका छन् । उनले लामो समय पत्रकारिता समेत गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।