Main
गीतकार विष्णुकुमार गिरीको ‘गुनासो’

काठमाडौं । गीतकार विष्णुकुमार गिरीले नयाँ गीत ‘गुनासो’ ल्याएका छन् । गिरीको शब्द रचना रहेको गीतमा कमल विष्ट स्वर तथा संगीत छ । गीतलाई दर्पण यात्रीले एरेन्ज गरेका छन् ।
नुन खाएकाले गुन बिर्सेर गए
न्यानो पाएकाले ऊन बिर्सेर गए
छातीभित्र गुनासो छचल्की रह्यो
आफ्नाले नै आफ्नै हुन बिर्सेर गए
गीतले सम्बन्धमा आउने उतारचढाव, विश्वास र धोकाको भाव प्रस्तुत गर्छ । बिमले निर्देशन गरेको गीतको भिडियोमा प्रजित तिमल्सिना, ऋचा न्यौपाने र विश्वराम तिमल्सिनाले अभिनय गरेका छन् ।
भिडियोमा प्रकाश खड्काको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । भिडियोलाई ‘टुलुमुन’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।