Main

गेटामा ३ सय शय्याको अस्पताल सञ्चालन गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत

१५ पुस, धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने र त्यसपछि मात्र मेडिकल विश्वविद्यालयको प्रक्रिया अघि बढाउने बताएका छन् ।

आइतबार गेटा मेडिकल कलेजको स्थलगत निरीक्षणमा आएका उनले पहिले ३०० शय्याको अस्पताल सञ्चालन गर्ने बताए । अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव रहेको उनको भनाइ थियो ।

‘गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने कुरामा हामी लागिपरेका छौँ । त्यसका लागि जनशक्ति व्यवस्थापनको पक्ष चुनौतीपूर्ण देखिएको छ’, बस्नेतले भने, ‘अस्पताल सञ्चालनमा ल्याएपछि बल्ल मेडिकल विश्वविद्यालयको काम अघि बढाउन सकिन्छ ।’

मन्त्री बस्नेतले सुदूरपश्चिम प्रदेशमा चिकित्सक आउन नमान्ने हुनाले जनशक्ति व्यवस्थापन गर्न कठिन भएको पनि बताए । कर्णाली प्रदेशमा तलबका अतिरिक्त भत्ता पाउने भएकाले चिकित्सक जान तयार भएपनि सुदूरपश्चिम आउन नमान्ने गरेको उनको भनाइ थियो ।

गेटामा मेडिकल कलेज सञ्चालन भएपछि जनशक्ति उत्पादनमा भूमिका खेल्ने विश्वास मन्त्री बस्नेतले व्यक्त गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button