Main

सिमलताल दुर्घटनास्थलमा गृह सचिवसहितको टोली

३० असार, काठमाडौं । गृह सचिव एकनारायण अर्यालसहितको टोलीले सिमलताल पहिरोमा परी त्रिशूलीमा हराइरहेका बसका खोजी तथा उद्धार कार्यस्थल अनुगमन गरेको छ । टोली आइतबार सिमलताल पुगेर स्थलगत अनुगमन गरेको हो ।

अवलोकनमा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टका संयोजक एवं गृह मन्त्रालय, विपद् तथा द्वन्द्ध व्यवस्थापन महाशाखाका सहसचिव भीष्मकुमार भूसाल, सहसचिव वसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए ।

असार २८ गते भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा पहिरो खस्दा २ वटा यात्रुबाहक बस त्रिशूलीमा बेपत्ता छन् । हराइरहेका बसबारे हालसम्म पत्ता लाग्‍न सकेको छैन । बसमा सवार ५ जना यात्रुको शव भेटिएको छ । दुर्घटना हुँदा ३ जनाले पौडिएर ज्यान जोगाएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button