‘ड्युन २’ देखि ‘आर्टिकल ३७०’ सम्म यो साता आउँदैछन् ओटीटीमा

काठमाडौं । यो साता केही रोचक फिल्म र वेब-सिरिज ओटीटी प्लाटफर्ममा रिलिज हुँदैछन् । यी फिल्म र वेब-सिरिजलाई नेटफ्लिक्स, डिज्नी प्लस हटस्टार, जियो सिनेमा, प्राइम भिडियोमा हेर्न पाइनेछ ।
तपाईंले आफ्नो सुविधाअनुसार यी चर्चित फिल्म र सिरिज विभिन्न ओटीटी प्लाटफर्ममा हेर्न सक्नुहुनेछ । स्ट्रिमिङ हुन लागेकाको सूची हेर्दा पक्कै पनि यसले आकर्षित गर्न सक्छ ।
आर्टिकल ३७०
यो बलिउड फिल्ममा यामी गौतम मुख्य भूमिकामा छिन् । उनी बाहेक अरुण गोविल, वैभव, अश्विनी र स्कन्द ठाकुरले पनि यो फिल्ममा अभिनय गरेका छन् । कथा कश्मीरको संवेदनशील विषय हो, जसले मन छुनेछ ।
रिलिज मिति – १९ अप्रिल
कहाँ हेर्ने – जियो सिनेमा
ड्युन पार्ट २
प्राइम भिडियो बाहेक तपार्इंले यो फिल्मलाई एप्पल टिभी, गुगल प्ले र भुडुमा पनि हेर्न सक्नुहुन्छ । यसमा तिमोथी चालमेट र जेन्डाया शीर्ष भूमिकामा छन् । यसै महिना नेपालका हलमा पनि यो फिल्म रिलिज भइसकेको छ ।
रिलिज मिति – १६ अप्रिल
आवर लिभिङ वर्ल्ड
यो वृत्तचित्र श्रृंखलामा वन र जनावरहरूको सुन्दर संसारलाई नजिकबाट हेर्न सकिनेछ ।
रिलिज मिति – १७ अप्रिल
कहाँ हेर्ने – नेटफ्लिक्स
साइरन
‘साइरन’मा जयराम रवि मुख्य भूमिकामा छन् । कथा एक एम्बुलेन्स चालकको हो जो अपराधी बन्छन् ।
रिलिज मिति – १९ अप्रिल
कहाँ हेर्ने – डिज्नी प्लस हटस्टार
चिफ डिटेक्टिभ १९५८
यो दक्षिण कोरियाली वेब-सिरिज पिरियड ड्रामा र क्राइम एक्सन फिल्म हो । यो टेलिभिजन सिरिजलाई किम योङ सिनले लेखेका हुन् भने किम सियोङ हुन्ले निर्देशन गरेका हुन् ।
रिलिज मिति –१९ अप्रिल
कहाँ हेर्ने – डिज्नी प्लस हटस्टार
रिबेल मुन : पार्ट २
यो साइन्स फिक्सन फिल्ममा एक्सन र धमाकेदार कथा हेर्न सकिन्छ ।
रिलिज मिति – १९ अप्रिल
कहाँ हेर्ने – नेटफ्लिक्स
सी यू इन एनदर लाइफ
यो फिल्मको पृष्ठभूमिमा बम विस्फोटको दिमाग हल्लाउने कथा छ ।
रिलिज मिति – १७ अप्रिल
कहाँ हेर्ने – डिज्नी प्लस हटस्टार
द सेक्रेट स्कोर
रिलिज मिति – १७ अप्रिल
कहाँ हेर्ने – डिज्नी प्लस हटस्टार
अल इण्डिया र्यांक
यसको कथा परिवार, बालबालिका र उनीहरुको सपनाको बारेमा हो । १७ वर्षीय विवेकको कथा, जसले अब आफ्नो जीवनको सबैभन्दा ठूलो परीक्षा पास गर्नुपर्नेछ, प्रेम, मित्रता र परीक्षाको परीक्षा ।
रिलिज मिति – १९ अप्रिल
कहाँ हेर्ने – नेटफ्लिक्स
– यस समाचारको श्रोत : Online Khabar हो ।