Main

तडकभडक नगरी तीज मनाउन कास्की प्रशासनको आग्रह

७ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले तडकभडक र राति अबेरसम्म बसेर तीज नमनाउन आग्रह गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गरेर खर्चिला, गरगहना प्रदर्शन र ध्वनी प्रदूषण हुने कार्यक्रम नगर्न आग्रह गरेको हो ।

‘हरितालिका तीजको दिनभर निराहार व्रत बसी सो को दिनअगाडि दरखाने मौलिक परम्पराविपरीत पछिल्लो समय तीजको मुख्य दिन आउनुभन्दा निकै अगाडिदेखि विभिन्न संघसंस्थाको नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडकसहित अत्यन्त खर्चिला कार्यक्रम गर्ने, गरगहना प्रदर्शन र ध्वनी प्रदूषण हुने गरी सांस्कृतिक कार्यक्रम गर्दा तीजको मौलिकतामाथि आँच आउने एवं विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न जाने हुन्छ’, सूचनामा भनिएको छ ।

सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक सुरक्षा ऐनअनुसार कारबाही गर्नेसमेत प्रशासनले चेतावनी दिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button