Main
त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने
११ चैत, काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने भएको छ । यसअघि ५ चैतका लागि तोकिएको चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो । ‘सबै प्रक्रिया पूरा भएर रोकिएको थियो । अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर १३ चैतमा मतदानको मिति तोकेका छौँ,’ निर्वाचन समितिका संयोजक अंगद गौतमले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।