Main

नेपाल ए क्रिकेट टोलीको प्रशिक्षणमा ४० खेलाडी, कमलको पुनरागमन

५ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ को प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । अर्को सातादेखि घरेलु मैदानमा हुने आयरल्यान्ड ‘ए’ टोलीसँग खेल्ने तीन टी-२० र तीन एकदिवसीय सिरिजका लागि क्यानले नेपालको ‘ए’ टोलीलाई प्रशिक्षणमा बोलाएको हो ।

‘ए’ टोलीको प्रशिक्षणमा आरिफ शेख, भीम सार्की, प्रतिश जि.सी, विनोद भण्डारी, देव खनाल, सन्दीप जोरा र कमलसिंह ऐरी लगायतका खेलाडी परेका छन् ।

कमल २०२२ मार्चमा टीयुमा मलेसियाविरुद्ध घाइते भएपछि टोलीमा थिएनन् । उनी ब्याक पेन र चोटका कारण टोली बाहिर हुँदै आएका थिए । पछिल्लो समय भारतमा उपचारपछि कमल पुन: फर्किएका हुन् । कमलले नेपालबाट ३ ओडीआई र १० टी-२० आई खेल खेलेका छन् ।

नेपालको सिनियर टोलीले आयरल्यान्ड ‘ए’सँग दुई टी-२० खेल खेल्नेछ । सिनियर टोलीले मार्च २५ र २६ मा खेल्नेछ । त्यसपछि बरोडा र गुजरातसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्न जानेछ । नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग २८, २९ र ३१ मार्चमा टी-२० खेल खेल्नेछ । अप्रिल ३, ५ र ७ मा एकदिवसीय अभ्यास खेल खेल्ने छ ।

प्रशिक्षणमा बोलाइएका ४० खेलाडी 

रित गौतम, पवन सरार्फ, अर्जुन साउद, नरेन भट्ट, दीलिप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री, मौशम ढकाल, रञ्जित कुमार, प्रतिश जि.सी, विकाश आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मयन यादव, अर्जुन कुमाल, अर्जुन घर्ती, रुपेश सिंह, साहब आलम, शेर मल्ल, दीपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमलसिंह ऐरी, विनोद भण्डारी, देव खनाल, आरिफ शेख, हरिशंकर शाह, किरण ठगुन्ना, सुजन थपलिया, राशिद खान, दीनेश अधिकारी, सागर ढकाल, दीपेन्द्र रावत, सुभाष भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी र नर बहादुर सार्की ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button