दोश्रो बज्रबाराही राष्ट्रिय मुआय थाई च्याम्पियनसिप आजदेखि

काठमाडौं । बज्रबाराही मुआय थाई क्लबको आयोजनामा दोस्रो राष्ट्रिय बज्रबाराही मुआय थाई च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुँदै छ।
ललितपुरको चापगाउँ स्थित आरएल फुटसलमा शुक्रबारदेखि सुरु हुने प्रतियोगिता २६ जेठसम्म सञ्चालन हुने छ ।
यस कार्यक्रमले राष्ट्रिय स्तरका मुआय थाई खेलाडीहरूको सहभागिता गराउँदै खेलकुदप्रेमीहरूलाई मनोरञ्जन र उत्साह प्रदान गर्नेछ ।
मुआय थाई थाइल्यान्डको एक प्राचीन मार्शल आर्ट हो जसलाई “आठ अंगहरूको विज्ञान” भनिन्छ, जसमा हात, कुहिनी, घुँडा र खुट्टा प्रयोग गरेर प्रतिद्वन्दीलाई परास्त गरिन्छ।
साँझ 7 बजेसम्म सञ्चालन हुने प्रतियोगिता हेर्नका लागि दर्शकले ३५० रुपैयाँको अग्रिम टिकट उपलब्ध रहेको आयोजकले जनाएको छ ।
आय थाईको समृद्ध परम्परालाई नेपालमा कायम गर्दै नेपाली खेलाडीहरूलाई आफ्नो कौशल र दृढता देखाउने मञ्च प्रदान गर्ने क्लबका अध्यक्ष अनिल श्रेष्ठले बताए ।
आयोजकका अनुसार विजेताहरूलाई ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरिने छ । खेललाई न्यायसंगत र पारदर्शी बनाउन अनुभवी रेफ्री र निर्णायक टोली हुने आयोजकको भनाइ छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।