Main
‘डिग्री माइला’को गीतमा दयाहाङ र आँचलको नोकझोक

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को गीत ‘किन’ सार्वजनिक भएको छ ।
शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । गीतमा दयाहाङ राई र आँचल शर्माले निर्वाह गरेका पात्रको नोकझोकलाई प्रस्तुत गरिएको छ ।
चैत ३० गते प्रदर्शन तयारीमा रहेको फिल्मले शैक्षिक बेरोजगारीको कथा पेश गर्छ । मुख्य पात्रको भूमिकामा अभिनेता राई फिचर्ड छन् । यसअघि उनकै निर्देशनमा मंचन भएको सोही नामको नाटकमा यो फिल्म आधारित छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङको पनि अभिनय छ । निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।