Main

धनुषाको यू-१८ क्रिकेटको उपाधि बटेश्वरलाई

२० साउन, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ मा भएको यू-१८ क्रिकेट प्रतियोगितको उपाधि आयोजक टिमले नै जितेको छ ।

शनिबार अपराह्न भएको फाइनल खेलमा आयोजक युथ क्लव बटेश्वरले एसके शान्तिपुरलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिले बलिङ गरेको बटेश्वरले शान्तिपुर-११ लाई १३.२ ओभरमा ११२ रनमा अलआउट गरेको थियो ।

शान्तिपुरले दिएको ११३ रनको लक्ष्य १६ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

विजेता टिमले १२ हजार र उपविजेताले हजार र सिल्ड हात पारे ।

उत्कृष्ट खेलाडी तथा छक्का हान्ने खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो ।

शिवशक्ति माध्यमिक नमूना विद्यालयको मैदानमा भएको खेलमा १३ वटा टिम सहभागी थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button