नरेन्द्र र बलेले ल्याए ‘अब अर्को जुनीमा’

काठमाडौँ । नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’ मा सार्वजनिक गरिएको छ ।
गायक मगरकै शब्द र सङ्गीत रहेको गीतको सार्वजनिक भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतले अभिनय गरेका छन् ।
नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ । आयोजित पत्रकार सम्मेलनमा गायक बुढाथोकी र मगरसहित निर्देशक शिशिर खाती, कलाकार सागर लम्सालसहित गायक दुर्गेश थापाको उपस्थिति थियो ।
गीतकार तथा गायक मगरले गीतलाई आधुनिक शैलीमा तयार पारेको बताए । ‘यो गीतले प्रेमभाव व्यक्त गर्नुका साथै जीवनको महत्वलाई दर्शाएको छ । यसले रोमान्टिक फिल दिनुका साथै महत्वपूर्ण कथा पनि व्यक्त गरेको छ’, उनले भने ।
गायक बुढाथोकीले गीतलाई अडियो झैँ भिडियोमा पनि राम्रो बनाइएकोमा निर्देशक र कलाकारसहितको टिमलाई धन्यवाद दिए । ’अडियोमा झैँ भिडियोमा समेत मेहनत गरिएको छ । यसमा यो जुनीमा बाँकी रहेका ईच्छालाई अर्को जुनीमा पुरा गर्ने भाव व्यक्त गरिएको छ’, गायक बुढाथोकीले भने, ‘विदेशमा छायांकन भएता पनि भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखिएको छैन । यो सँगै गरिएका केही सहकार्य अब विस्तारै सार्वजनिक हुनेछन् ।’
भिडियोमा देखिएका कलाकारमध्येका एक सागरले पहिलो पटक अमेरिका पुगेर भिडियोमा अभिनय गरेको स्मरण गरे । ‘६ दिनका लागि अमेरिका पुगेर गीतमा अभिनय गरेर फर्किएँ’ सागरले भने, ‘मैले काम गर्दा निर्माण टिमले नेपाल झैँ सहजता दिनुभयो । मैले सक्दो मिहेनत गरेको छु ।’
सार्वजनिक भिडियोमा हेयर एण्ड मेकअप समिता श्रेष्ठ, कलर राजेन्द्र मोक्तान, सम्पादन मनोज कार्की, भीएफएक्स सन्तोष डिजाइन, निर्देशन र छायांकन शिशिर खातीले गरेका छन् । गीतलाई दिलाशा बस्नेतले निर्माण गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।