Main

नेदरल्याण्डसले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ। नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो।

नेदरल्याण्डसका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए। लेभिटले यसै खेलमा आफ्नो टी–२० अन्तराष्ट्रिय डेभ्यु गर्दै अर्धशतकीय पारी खेलेका हुन्।

त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए। नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button