Main

नेपालमा ह्यात होटल ब्रान्ड फैलिँदै, लुम्बिनीमा खुल्ने भयो ‘ह्यात रिजेन्सी लुम्बिनी’

२० कात्तिक, काठमाडौं । ह्यात होटल्स कर्पोरेसनले गोल्यान ग्रुप अन्तर्गतको बेदा हस्पिटालिटी प्रालिसँग ‘ह्यात रिजेन्सी लुम्बिनी’ को व्यवस्थापन सम्झौता सहित घोषणा गरेको छ । यो होटल सन् २०२८ सम्म सञ्चालनमा आउने अनुमान छ ।

१ सय ७५ कोठा रहने यो होटल नेपालमा चौथो ह्यात ब्रान्ड भएको होटल हुनेछ, जसले दक्षिण–पश्चिम एसियाका लागि ह्यातको विस्तार योजनामा नेपाल महत्त्वपूर्ण स्थान रहेको पुष्टि हुन्छ । गोल्यान समूहसँग भने यो दोस्रो ह्यात ब्रान्डका होटल हुनेछ ।

११ एकड जमिनमा फैलिएको ह्यात रिजेन्सी लुम्बिनीमा सुविधाजनक भोजनका विकल्प, कार्यक्रम र बैठक स्थल, अत्याधुनिक फिटनेस केन्द्र, स्पा, पौडी पोखरी लगायत सुविधा उपलब्ध हुनेछ ।

दानो नदीको मनमोहक किनारमा रहने ह्यात रिजेन्सी लुम्बिनी धेरै नै भ्रमण गरिने तीर्थस्थल मायादेवी मन्दिर र अन्य प्रमुख आकर्षणका केन्द्रबिन्दुबाट छोटो दुरीमै हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल सहर र नेपाल–भारत सीमा नजिक रहने भएकाले विश्वभरिका व्यावसायिक र मनोरञ्जनका यात्रुलाई सहज पहुँच पुर्‍याउन सहयोगी हुने ह्यातले जनाएको छ ।

‘नेपाल दक्षिण–पश्चिम एसिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न हामी हयात रिजेन्सी ब्रान्डसँग लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहयोगको अपेक्षा गर्दछौं,’ ह्यातको भारत र दक्षिण–पश्चिम एसिया विकास उपाध्यक्ष ध्रुव राठौरले भने, ‘लुम्बिनीको प्राचीन सांस्कृतिक र आध्यात्मिक, यसलाई समृद्ध तुल्याउन ह्यातले जमाएको विरासत विश्वभरिका पर्यटक र स्थानीयलाई पनि एक आकर्षक गन्तव्यका रूपमा रहन्छ ।’

गोल्यान समूहका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यानले ह्यातसँगको सहकार्यलाई लुम्बिनीमा पहिलो ह्यात रिजेन्सी ब्रान्डको होटल उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए ।

‘ह्यात रिजेन्सी लुम्बिनीको हाम्रो रणनीति विश्वस्तरीय गन्तव्य सिर्जना गर्नु हो, जसले नेपालको आतिथ्य सत्कार अनुभवलाई नयाँ उचाइमा पुर्‍याउँछ र लुम्बिनीको सांस्कृतिक धरोहरको सम्मान र प्रवर्द्धन गर्दछ,’ गोल्यानले भने, ‘हामी विश्वास गर्छौं यो होटल लुम्बिनी क्षेत्रको एक महत्त्वपूर्ण चिह्न बन्ने छ र नेपालको पर्यटन उद्योग विकासमा प्रमुख योगदान गर्ने छ ।’

हाल भारत र दक्षिण–पश्चिम एसियामा ह्यातका ५२ होटल सञ्चालनमा छन् । तीमध्ये भातरमा ५० र नेपालमा २ छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button