Main

नेपालले यू-१९ महिला एसिया कप खेल्ने, भारत र पाकिस्तानको समूहमा

२८ कात्तिक, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टिमले आगामी डिसेम्बरमा मलेसियामा हुने एसीसी य)-१९ महिला एसिया कप खेल्ने भएको छ ।

एसियाली क्रिकेट परिषद (एसीसी) ले बुधबार यू१८ महिला एसिया कपको मिति र खेलतालिका सार्वजनिक गरेको हो ।

जसअनुसार प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म हुनेछ ।प्रतियोगितामा ६ टोली सहभागी हुनेछ ।

नेपाल भारत र पाकिस्तानसँगै समूह ए मा छ । बंगलादेश, श्रीलंका र मलेसिया समूहबी मा छन् ।

नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र दोस्रो खेल डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।

दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछ । सुपर फोरले सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

बुधबारै आईसीअसी य)-१९ महिला टी२० विश्वकिमा छनोट भएर ईतपहास रचेको नेपाली युवा महपला टोलीले छिटै अर्को ठूलो प्रथियोगिता खेल्ने भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button