Main

नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाको अध्यक्षमा पाण्डे र महासचिवमा पोखरेल

सिड्नी । नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको शनिबार क्यानबेरामा सम्पन्न छैटौं अधिवेशनले दीपक पाण्डेको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति उपाध्यक्षहरुमा बाबु गौतम, गौतम लामिछाने, राजन नेपाल, आविष्कार पाण्डे र महासचिवमा प्रतीक पोखरेल चुनिएका छन् ।

त्यस्तै सचिवहरुमा खिम भण्डारी, मायाप्रसाद सुवाल, अशोक ढुंगेल, कोषाध्यक्षमा सुमन न्यौपाने र सहकोषाध्यक्षमा सन्तोष कँडेल चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा कलम खड्का, आयुषी अधिकारी, सुदीप शर्मा, अनिष ढकाल, अनिल विक, सुमन दाहाल, अशोक ढकाल, रामचन्द्र भट्टराई, प्रदीप राई चयन भएका छन् ।

त्यस्तै अन्य सदस्यमा मनिष खनाल, तिलकप्रसाद उपाध्याय, जगदीश देवकोटा, श्याम पौडेल, कौशल उप्रेती, धर्मराज अधिकारी, जीवलाल न्यौपाने, रमेश बेल्वासे, अर्जुन पौडेल र गणेश श्रेष्ठ लगायत छन् ।

अष्ट्रेलियाका विभिन्न ७ राज्यका अधिवेशनबाट छानिएका प्रतिनिधिहरुबाट नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको केन्द्रीय अधिवेशन भएको नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले जनाए । अधिवेशनको उदघाटन माओवादी केन्द्र प्रवास इन्चार्ज राम कार्कीले गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button