Main

नेपाल टेलिकम र एनआईटीभीबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बीच सम्झौता भएको छ ।

नेपाल टेलिकमका सेवालाई प्रभावकारी बनाउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउने उद्देश्यले एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्नेछ ।

दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुने टेलिकमले जनाएको छ ।

बिहीबार नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कम्पनीका विभिन्न प्रकारका सेवा बारे धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्‍याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button