Main

पलेसा पेरिस पारा ओलम्पिकमा छनोट

४ चैत, काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारा ओलम्पिकमा छनोट भएकी छन् ।

चीनमा भइरहेको पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा स्वर्ण जित्दै पारा ओलम्पिकमा स्थान पक्का गरेकी हुन् ।

उनले फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाईलाई पराजित गरिन् । त्यसअघि पलेसाले सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

छनोट चरण पार गरेर पारा ओलम्पिकमा छनोट हुने पलेसा पहिलो नेपाली पारा खेलाडी बनिन् । यसअघि ओलम्पिकतर्फ तेक्वान्दोकै संगीना वैद्य र दीपक विष्टले पनि छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button