Main

पहिले नोक्सानीमा रहेको एनएमबी लघुवित्त अहिले नाफामा

२७ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ७३ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको एनएमबी लघुवित्त वित्तीय संस्था अहिले नाफामा गएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७१ लाख ५४ हजार रुपैयाँ छ । कम्पनीको खुद ब्याज आम्दानी बढ्दा नाफामा गएको हो । यस्तो आम्दानी पहिले ५ करोड ७४ लाख रुपैयाँ रहेकोमा अहिले ८ करोड ८ लाख रुपैयाँ छ ।

लोनलस प्रोभिजनवापतको रकम ६१ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा छ ।

निष्क्रिय कर्जामा सामान्य सुधार देखिएको छ । कुल कर्जामा यस्तो कर्जा गत वर्षको असोजमा ७.२७ प्रतिशत रहेकामा अहिले ६.३७ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ २४ पैसा रहेको यसको सेयर मूल्य प्रतिकित्ता ७५२ रुपैयाँ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button