पावर प्लेमै नेपालले बनायो ८७ रन

१७ चैत, काठमाडौं । नेपाल ए ले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्डविरुद्ध पावर प्लेमै ८७ रन बनाएको छ ।
२२५ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ८७ रन बानाएको छ ।
नेपाललाई ओपनर देव खनाल र लोकेश बलमे ३.१ ओभरमा ४७ रनको साझेदारी गर्दै आक्रामक सुरुवात दिलाएका थिए । लोकेश १३ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए । देव खनाल १५ बलमा ५ चौकासहित ३० रनमा नट आउट छन्
आक्राम ब्याटिङ गरेका कप्तान विनोद भण्डारी पनि १३ बलमा १ चौका र ३ छक्कासहित २६ रनमा आउट भएका छन् ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो ।
आयरल्यान्डका पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए । कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउट रहे ।
नेपालका सागर ढकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।