Main
पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ । विमलाको गए राति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी महतको ६० वर्षको उमेरमा निधन भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।